कुस्मा वारियर क्रिकेट क्लबद्वारा आयोजित पहिलो खुला वारियर क्रिकेट च्याम्पियनसिप २०८२ को उपाधि आयोजक कुस्मा वारियरले जितेको छ । पर्वतको कुस्मास्थित एपीएफ खेलमैदानमा भएको प्रतियोगिताको फाइनल खेलमा रक–११ लाई ४ विकेटले पराजित गर्दै कुस्मा वारियरले सो उपाधि आफ्नो पोल्टामा पारेको हो । जित संगै आयोजकले नगद ४१ हजार सहिट ट्रफि मेडल पुरस्कार प्राप्त गर्दा रक–११ ले नगद २१ हजार ट्रफि मेडलमा चित्त बुझायो ।
प्रतियोगिताको फाइनल खेलमा टस जितेर ब्याटिङ गरेको रक ११ ले निर्धारित १५ ओभरको खेलमा ६ विकेटको नोक्सानीमा १ सय ७८ रनको योगफल तयार पार्यो, जसमा सर्जु यादवको महत्वपूर्ण ८४ रनको योगदान रह्यो । सर्जुले ९ छक्का र ५ चौका प्रहार गरेका थिए । कुस्माको बलिङतर्फ अश्विनी राणाले दुई तथा केशव र सागरले एकएक विकेट लिए ।
जितका लागि १ सय ८९ रनको लक्ष्य पछाएको वारियरले १४.२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य प्राप्त गर्यो । वारियरको जितमा अश्विनी रानाले ५ छक्का तथा ८ चौका प्रहार गर्दै ७१ रन जोडे । त्यस्तै बिमल तिवारीले ४ छक्का ४ चौका प्रहार गर्दै ३८ रन बनाए । रक ११ को बलिङतर्फ नारायण भण्डारीले दुई विकेट लिए ।
फाइनल खेलमा ७१ रन बनाएका आश्विनी प्लेयर अफ द म्याच भए । प्रतियोगिता भर ३ म्याचमा १ सय २४ रन जोड्दै बलिङतर्फ कुल ६ विकेट समेत लिएका उनै अश्विनी सर्वोत्कृष्ट खेलाडी समेत बन्न सफल भएको कुस्माबाट शन्देस शाही ठकुरीले दृष्यम मिडियालाई जानकारी दिए ।
