लायन्स क्लब अफ पोखरा दर्पणले पोखरा–१२ स्थित शितलादेवी सामुदायिक माध्यमिक बिद्यालयमा स्कुल ईमर्जेन्सी रूमको स्थापना गरेको छ । सामुदायिक र सरकारी बिद्यालयहरुमा प्राथमिक उपचारको सेवालाई प्रभावकारी ढङ्गबाट संचालन गर्न सकियोस भन्ने उद्देश्यका दर्पणले सो विद्यालयमा ईमर्जेन्सी रूमको स्थापना गरेको हो । प्रमुख अतिथि वडा नम्बर १२ का वडाध्यक्ष सन्तोष बाँस्तोला र बिशिष्ट अतिथि लायन्स डिष्ट्रिक्ट ३२५एलका गभर्नर एमजेएफ लायन परमेश्वर बरालले संयुक्त रुपमा समुद्घघाटन गर्नुभयो ।

सो अवसरमा बिद्यालयले उपलब्ध गराएको कक्षमा आवस्यक पुर्वाधारदेखी प्राथमिक उपचारका औषधि, ईमर्जेन्सी बेड, स्ट्रेचर्, मेडिकल ट्रली तथा आवस्यक सम्पुर्ण स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरियो । यसबाट १२०० भन्दा बढी विद्यार्थीहरु तथा शिक्षक कर्मचारीहरु समेत लाभान्वित हुनेछन् । लायन्स दर्पणले आफ्नो बार्षिक कार्ययोजनामा अनुरुप पोखराका तीन बिद्यालयहरुलाई छनौट गरिसकेको छ ।

वडाध्यक्ष बाँस्तोलाले सो कार्यको प्रशंसा गर्दै क्लबको अभियानले महानगरको लागि पनि मार्गदर्शन प्रदान गरेको बताउँदै बिद्यालयका लागि आवस्यक पर्ने स्वास्थ्य कर्मचारीको ब्यवस्थापनको लागि वडा कार्यलयले सहयोग प्रतिवद्धता जाहेर गर्नुभयो । त्यस्तै, बिशिष्ट अतिथि लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एलका गभर्नर एमजेएफ लायन परमेश्वर बरालज्युले सामाजिक कार्यमा अग्रसर लायन्स क्लब अफ पोखरा दर्पणले समाजका लागि नमुना कार्य गरी दिर्घकालीन योजनाको थालनी गर्नुभएकोमा बधाई दिनुभयो ।

परियोजनाको लागि क्लबका अलावा नेपाल लायन्स फाउण्डेसन, बाल मैत्री क्षेत्रमा कृयाशिल संस्था राइट फर चिल्ड्रेन र क्लबका अध्यक्षज्युको ईन्जिनियरिङ अध्ययन कालका साथिहरुको समुह “साथी समुह(किरण के.सी., अमित ढुङ्गाना, बिमल बराल, सचिन सापकोटा, सन्तोष अधिकारी, राजिव अधिकारी, रितेश द्वा) को सहकार्यमा पहिलो बिद्यालयमा समुद्घाटन सम्पन्न गरिएको छ भने आगामी एक महिना भित्रमा अन्य दुइ बिद्यालयहरुमा समेत सोही अनुरुप स्कुल ईमर्जेन्सी रूम स्थापना गरिने कुरा समेत सभाध्यक्ष क्लबका अध्यक्ष लायन ई. किरण के.सी.ले घोषणा गर्नुभएको थियो ।

कार्यक्रम संचालन क्लबका सचिब लायन जीबन बाबु तिवारिले गर्नुभएको थियो भने धन्यवाद द्वितिय उपाध्यक्ष लायन पदमलाल अधिकारिले गर्नुभएको थियो । बिद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारीले स्वागत मन्तब्य राख्दै अत्यन्तै आवश्यक रहेको स्वास्थ्य कक्षको स्थापना प्रति आभार ब्यक्त गर्नुभयो भने राइट फर चिल्ड्रेन का प्रमुख कार्यकारी निर्देशक अनिल पौडेल, लायन्सका जोन चेयरपर्सन बिजेन्द्र शर्मा पौडेल, नेपाल लायन्स फौन्डेसन, डिष्ट्रिक्ट ३२५ एल का गण्डकी प्रमुख लायन शान्ता कुमार श्रेष्ठ, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टिका बहादुर कार्कीले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रम डिष्ट्रिक्ट तथा क्लबका पदिधकारी एवं सदस्यज्यूहरू, बिद्यालय व्यवस्थापन सिमितिका सदस्य, शिक्षक, कमर्चारी, संघ संस्थाका प्रितिनिधि र बिद्यार्थीहरूको उपिस्थितिमा सम्पन्न गरिएको थियो



