शेख हसिना लगातार चौथोपटक बंगलादेशको प्रधानमन्त्री

0Shares

१५ वर्षदेखि बंगलादेशको प्रधानमन्त्री रहेकी शेख हसिना विवादास्पद चुनाव जितेर लगातार चौथो कार्यकालका लागि पनि पदमै रहने भएकी छन् । शेख हसिनाको पार्टी अवामी लिग र उसका सहयोगीले २९९ संसदीय सिटमध्ये कम्तीमा १५२ सिट जितेका हुन् । उम्मेदवारको मृत्यु भएपछि एउटा सिटको निर्वाचन भने स्थगन गरिएको छ ।

देशको प्रमुख प्रतिपक्षी दल बीएनपी अर्थात् बंगलादेश नेसनलिस्ट पार्टी र उसका सहयोगीले भने यो निर्वाचन बहिष्कार गरेका छन् । यस कारण बाँकी सिट पनि शेख हसिनाको पार्टी र उसका सहयोगीले जित्ने अपेक्षा गरिएको छ । बीएनपीले मतदान देखावटी मात्र भएको आरोप लगाएको छ ।

आइतबारको नतिजा बीएनपीका नेता र उनीहरूका समर्थकको सामूहिक गिरफ्तारीपछि आएको हो । स्वतन्त्र उम्मेदवारले ४५ सिट जितेका छन् । यी स्वतन्त्र पनि अवामी लिगकै रहेको बताइएको छ। जातीय पार्टीले ८ सिट जितेका छन् । पहिलोपटक सन् १९९६ देखि २००१ सम्म बंगलादेशको प्रधानमन्त्री बनेकी शेख हसिनाको यो कूल पाँचौँ र लगातार चौथो कार्यकाल हो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *