सामाजिक सेवासँगै शाखा विस्तार गर्दै सिटिजन फर्निचर

0Shares

पोखरामै सबैभन्दा ठूलो फर्निचर शो रुम ‘सिटिजन फर्निचर ट्रेड लिन्क प्रालि’ सामाजिक क्षेत्रमा पनि उत्तिकै ठूलो मनले उत्तरदायित्व वहन गर्दै आएको छ। यहाँ हुने हरेक सामाजिक तथा धार्मिक कार्यक्रममा सिटिजन फर्निचरको सहयोग रहने गर्दछ ।

आर्थिक व्यवसाय मात्र होइन, सामाजिक सेवामा पनि उत्तिकै अगाडि रहेको सिटिजन फर्निचरले फर्निसिङ सप्लायर्स पनि विस्तार गरेको छ । पोखरा न्यूरोड स्थित सिटिजन फर्निचर ट्रेड लिन्क प्रालिसँगै आडमै अर्को भवन निर्माण गरी सिटिजन फर्निचर एण्ड फर्निसिङ सप्लायर्स सञ्चालनमा ल्याएको हो । अब सिटिजनमा छिरेपछि सम्पूर्ण फर्निचरका सामानका साथै फर्निसिङका सामान एकै ठाउँबाट लिन सकिने प्रोप्राइटर दीपक कार्कीले बताए । सप्लायर्समा आधुनिक डिजाइनका पर्दा, कार्पेट, तन्ना, सिरानी, ब्लांकेट, गलैंचा लगायतका सामानहरु उपलब्ध छन् ।

सुपथ मूल्यमा किफायति सामानका लागि सिटिजन फर्निचरमा ग्राहक पुग्ने गरेको र यसै विश्वासलाई सदैव कायम राख्ने सञ्चालक कार्की बताउँछन् । ‘सिटिजन फर्निचर पोखरेलीका लागि नौलो नाम होइन । ग्राहकको विश्वासले नै हामी फैलिरहेका छौँ । बिजनेश राम्रो छ ।’ कार्कीले भने– ‘व्यवसायिक हिसाबमा मात्रै होइन, हामी सामाजिक सहयोगमा पनि उत्तिकै अग्रसर छौँ । समाजमा जस्तोसुकै राम्रो काममा हाम्रो सहभागिता रहनेछ ।

सिजिटनको आफ्नै फ्याक्ट्रीमार्फत समेत सामान उत्पादन गर्ने भएकाले पनि टिकाउ र राम्रो छ । करिब ११ बर्षदेखि पोखरामा सञ्चालनमा आएको सिटिजन फर्निचरले गुणस्तरीय सामान सुलभ मूल्यमा बिक्री गर्दै आएको कार्कीको भनाई छ ।‘खान पुगेकै छ, दिएरै बाँच्न सकूँ’ भन्ने भावका साथ सेवाग्राहीसँग हंसचेहराका साथ प्रत्यक्ष भेटिने कार्की ग्राहकको रोजाई अनुसारको सामान सस्तो मूल्यमा उपलब्ध गराउनु नै सिटिजनको विशेषता रहेको बताउँछन् । विभिन्न ब्राण्डका घरायसी सामान तथा अफिसियल सामान सिटिजन फर्निचरमा छन् । अन्तर्राष्ट्रिय ब्राण्डका अफिस कुर्ची, टेबुल, दराज, सोफा सेट, डाइनिङ टेबुल, पलङ, टि टेबल, लगायतका सामान पाइन्छन् ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *