सिटिजन फर्निचर पोखराको आयोजनामा पाल्पाली लाखे नाच पोखरामा भव्य रूपमा सम्पन्न

0Shares

सिटिजन फर्निचर पोखराको आयोजनामा पाल्पाको रिब्दीकोट गाउँपालिका–३ स्थित श्री भीमसेन गुठी भैरवस्थान, हटियाद्वारा प्रस्तुत गरिएको ऐतिहासिक पाल्पाली लाखे नाच सोमबार साँझ पोखरामा भव्य रूपमा सम्पन्न भएको छ।सांस्कृतिक आदानप्रदान र पर्यटन प्रवर्द्धनको उद्देश्यसहित हिजो साँझ ७.३० बजेदेखि रातीसम्म पोखरा–९, न्यूरोडस्थित सिटिजन फर्निचर न्यूरोडको मूल सडकमा गरिएको प्रदर्शनमा ठूलो संख्यामा दर्शकहरूको सहभागिता देखिएको थियो।

पाल्पाली समाज पोखरा र सिटिजन फर्निचर न्यूरोडको सहकार्यमा सम्पन्न कार्यक्रममा भैरवस्थानको रोट, टिका–प्रसाद, साथै पाल्पाली परम्परागत परिकार बटुक र चुकाउनीद्वारा पाहुनाहरूको स्वागत गरिएको थियो।पाल्पाली राजा मणिमुकुन्द सेन प्रथमले करिब ५०० वर्षअघि काठमाडौं आक्रमणका क्रममा मच्छिन्द्रनाथको पटाङ्गीनीमा रहेको भैरव मूर्तिसहित केही नेवार समुदायलाई पाल्पा ल्याई स्थापना गरेपछि यो परम्पराको सुरुवात भएको जनविश्वास छ। श्री भैरवस्थान गुठीले त्यसबेलादेखि निरन्तरता दिँदै आएको यस परम्परागत नाच काठमाडौं, चितवन, भैरहवा, बुटवल, नेपालगञ्ज, दाङ लगायतका प्रमुख सहरहरूमा पनि सफलतापूर्वक प्रदर्शन भइसकेको छ।

कार्यक्रमका संयोजक तथा सिटिजन फर्निचरका प्रोपाइटर दीपक कार्कीले पोखरामा यो सांस्कृतिक सम्पदाप्रति देखाइएको उत्साह र सहभागिताप्रति आभार व्यक्त गर्दै पाल्पाली संस्कृति र परम्पराको जगेर्ना गर्न आगामी बर्ष पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *