सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते

0Shares

सिन्धुपाल्चोकको जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ५२ जना घाइते भएका छन् । दुर्घटनामा परि शिव श्रेष्ठ, दीपेन्द्र थामी र मानबहादुर थामीको मृत्यु भएको जनाइएको छ ।

दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा आज बिहान ७ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए । दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी अस्पताल पठाउन थालिएको उनले बताए । उनका अनुसार बस भिरमा खसेकाले उद्धारमा केही समस्या भएको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *