स्पोर्टस अवार्डलाई सफल पारौं–मन्त्री सिंखडा

0Shares

गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले पोखरा स्पोर्टस अवार्डलाई सफल पार्न सबैले सहयोग गर्नुपर्ने बताएकी छन । उनले यो अवार्ड खेल क्षेत्र तथा खेलाडीको हौसलाका लागि भएकाले यसको निरन्तरतामा जोड दिइन ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बुधबार पोखरामा आयोजना गरेको पाँचौ साधारण सभा तथा विधान अधिवेशनमा बोल्दै उनले खेल क्षेत्रलाई व्यापारीकरण हुनबाट रोक्न नसके यो क्षेत्र पछाडि पर्ने बताइन् । ‘खेल क्षेत्रमा व्यापारीकरण गर्न दिनु हुँदैन, पत्रकारले व्यापारीकरण हुनबाट रोक्नुपर्छ, रोक्न नसके उत्कृष्ट क्षेत्र हुँदाहुँदै पनि खेल क्षेत्र पछाडि पर्छ’ उनले भनिन् ।

कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले मञ्च गण्डकीले गर्ने कार्यहरुमा परिषदले सहकार्य गर्ने बताए । मञ्चले आयोजना गर्ने अवार्ड लगायतका कार्यक्रमको लागि परिषदले सहयोग गर्ने उनको प्रतिवद्धता थियो ।

मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीले मञ्च गण्डकीले खेल क्षेत्रलाई अगाडि बढाउन योगदान दिइरहँदा पनि प्रदेश सरकार र पोखरा महानगरपालिकाले यस अगाडि छुट्याउदै आएको बजेट कटौती गरेकोमा गुनासो गरें । प्रदेश सरकार तथा स्थानीय सरकारले खेल क्षेत्रलाई प्राथमिकता नदिँदा पछिल्लो समय खेल क्षेत्रमा पोखरा पछाडि परेको दावी उनको थियो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *