गण्डकी प्रदेश सरकार समाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, पोखराको आयोजनामा आइतबार स्वास्थ्य प्रवद्र्धन सम्बन्धी मिडियाकर्मी र स्वास्थ्यकर्मीहरुका लागि पैरवी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका निति योजना तथा जनस्वास्थ्य महाशाखा प्रमुख सुरज गुरौले नेपालमा राष्ट्रिय खोप कार्यक्रम सुरु भएपछि स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार आएको बताउनुभयो ।
विफर उन्मुलन, टाइफाइडको खोप सुरु, गर्भवती महिलालाई विभिन्न १३ खोप कार्यक्रम सञ्चालन गरिएको उहाँले जनाउनुभयो । छिटैनै गण्डकी प्रदेश सरकारले १५ महिना भित्रका बच्चाहरुलाई पुर्ण खोप घोषणा गर्ने उहाँले बताउनुभयो ।
डा.रमेश केसीले खानपिन, आहार विहार, दैनिक जिवन यापनका बारेमा जानकारी गराउनुभयो ।
पोखरा युनिभर्सिटीका जनस्वास्थ्य विषयक प्राध्यापक दीपेन्द्र यादव, कम्युनिटी नर्सिङ्ग अधिकृत अनुराधा तिमिल्सीना, मन्त्रालयका स्वास्थ्य निर्देशक खिम बहादुर खड्का लगायतले गण्डकी प्रदेशमा पछिल्लो स्वास्थ्य अवस्था बारे जानकारी गराएका थिए ।
