हिमाञ्चल प्रदेशको पहिरोमा परी नेपालका एकै परिवारका तीन जनाको मृत्यु

0Shares

भारतमा हिमाञ्चल प्रदेशको सिम्लामा पहिरोमा परी एकै घरका तीन जना नेपालीको मृत्यु भएको छ । सिम्लाको क्यारामा गएको पहिरोमा पुरिएर पश्चिम रुकुमका तीन जना नेपालीको मृत्यु भएको हो । मृत्यु हुनेमा पश्चिम रूकुमको त्रिवेणी गाउँपालिका–९ खहरेका ५० वर्षीय देबहादुर वली, उनकी ४८ वर्षीया श्रीमती भिमा वली र १६ वर्षीय कान्छा छोरा मोहन वली रहेका छन् ।

सोमबार बिहान गएको पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको हो । देबबहादुरका जेठा छोरा लोकेन्द्र वली भने घर बाहिर रहेकाले बाँच्न पाएको त्रिवेणी गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर खड्काले जानकारी दिएका छन् । बाउआमा र जेठा छोरा रोजगारीका लागि सिम्लामा बस्दै आएका थिए भने कान्छा छोरा एसईई परीक्षापछि बाउआमालाई भेट्न सिम्ला गएका थिए । क्षेत्रमा तीन दिनदेखि अविरल वर्षा भईरहेको थियो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *