इन्जिनियरिङ अध्यायन संस्थान, लामाचौरका विद्यार्थीहरुले नेपाल सरकारले इन्जिनियरिङको क्षेत्रलाई प्राथमिकता नदिएको भन्दै लास दहन गरेका छन् । सरकारले यो क्षेत्रमा लगानी नगर्दा लाखौं विद्यार्थीको भविष्य अन्यौलमा परेको उनीहरुको आरोप छ ।

इन्जिनियरिङ अध्यायन शुल्क अत्यन्तै बढाइएको भन्दै अब इन्जिनियरिङ विषय पढ्न सबैका लागि सम्भव नभएको औल्याए । चर्को शुल्क घटाउन माग गर्दै उनीहरुले नारावाजी समेत गरे । प्रदर्शनका क्रममा उनीहरुले इन्ट्रान्ससंगै सेमेष्टर परिक्षा कहिले हुने हो, हुने हो वा होइन, त्यसको समेत टुंगो नलागेको बताए ।
