चन्द्रयान–३ को सफलतापछि भारतले आदित्य एल–१ नामक सूर्यको अध्ययन गर्ने अन्तरिक्षयान प्रक्षेपण गर्ने भएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संस्थानले आन्द्र प्रदेशस्थित श्रीहरिकोटा अन्तरीक्ष केन्द्रबाटबाट शनिबार बिहान ११.५० बजे यान प्रक्षेपण गर्ने जनाएको छ । इसरोका अनुसार सूर्यको अध्ययन गर्ने भारतको यो पहिलो यान हुनेछ ।
यो यानले सौर्य गतिविधि अवलोकन गर्ने र अन्तरिक्ष मौसमको विषयमा अध्ययन गर्ने बताइएको छ । आदित्य अन्तरिक्ष यानले फोटोस्फियर, क्रोमोस्फियर र सूर्यको सबैभन्दा बाहिरी तहको अध्ययन गर्ने सात पेलोडहरू बोक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
