पाल्पामा स्कार्पियोमाथि पहिरो खस्दा ३ जनाको मृत्यु

0Shares

पाल्पाको रिब्दीकोट गाउँपालिकाको जोर्तेमा गुडिरहेको स्कार्पियो जिपमाथि पहिरो खस्दा ३ जनाको मृत्यु भएको छ ।
जिप गुल्मीको तम्घासबाट बुटवल जादै थियो । दुर्घटनामा परेर ८ जना घाइते भएका छन् । लु १ ज ४६०० नम्बरको रूरू रेसुङ्गा यातायात प्रालिको स्कार्पियो उकालोमा गुडिरहेका बेला विहान करीव सवा ८ बजेको समयमा पहिरो खसेको हो ।

घाइतेको उपचारको लागि तानसेनस्थित मिशन अस्पताल लगिएको छ । स्कार्पियोका चालक बालकृष्ण श्रेष्ठ भने सकुशल रहेका प्रहरीले जनाएको छ । मृत्यु हुनेमा दुई जना पुरूष र एक महिला रहेका छन् ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *