पोखराको अमरसिंहचौरमा विहीबारदेखि शुरु भएको पोखरा महोत्सव आज दोश्रो दिनपनि जारी रहनेछ । शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणको क्षेत्रमा कार्य गर्दै आइरहेको युनाइटेड क्लव पोखराले स्थापना कालदेखि नै ‘युवाको जाँंगर राष्ट्र निर्माणको आधार’ भन्ने नारासहित आयोजना गदै आएको महोत्सव विहीबारदेखि शुरु भएको हो । महोत्सव अन्तर्गत शुक्रबार लोक दोहोरी तर्फ पशुपति शर्मा, जीवन दाहाल, शिवहरी ढुंगाना, केशव सापकोटा, सुरेशरमन अधिकारी, सन्तोष सुवेदी, ज्योती लोहोनी, पुजा तामाङ, शान्ता बर्देवा लगायतको प्रस्तुती रहने क्लवका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । महोत्सवमा आज सांझको लाइभ ब्याण्डतर्फ स्थानिय ब्याण्डहरु ब्ल्याक फेदर प्रोभर्वस ब्ल्याक ओको प्रूस्त्ुती रहने उनले बताए ।

बि एण्ड सन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजनमा माघ ८ गतेसम्म पोखराको अमरसिंह खेल मैदानमा जारी रहने महोत्सवमा २ सय ३० स्टल रहेका छन् । महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पु¥याउनेु, विकसित सुचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पु¥याउने, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी दिदै आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरुको बजार सहजीकरण गराउने, सवै कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पु¥याउने, आर्थिक चलायमान गराई रोजगार सिर्जना गराउने, क्षेत्रगत बिकासमा टेवा पु¥याउने र उद्योगको प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ ।
महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी एवम् बिक्री, हस्तकलाका सामानहरुको प्रदर्शनी एवम् बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवम् जानकारी, ब्यवसायीक संघ संस्थाहरुको सेवा बारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामग्रीहरुको प्रदर्शनी एवम् जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचयन एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती संगै कृषिका गतिविधीहरु सञ्चालन हुने क्लवका महासचिव दीनेश सुनारले जानकारी दिए ।
महोत्सवको आकर्षणको रुपमा राष्ट्रिय स्तरका कलाकारहरुद्धारा दोहोरी गीत प्रस्तुती, राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्याण्डहरुको लाइभ कन्सर्ट, हांस्यब्यङ्ग्य प्रस्तुती, नेपाली संस्कृति झल्कने प्रस्तुती, चमेना गृहको ब्यवस्था, बाल उद्यान, प्रदेश स्तरिय लोक दोहोरी गीत प्रतियोगिता, झांकी प्रतियोगिता लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु रहने महोत्सव संयोजक तथा क्लवका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । महोत्सवमा लोकदोहोरीतर्फ बद्री पंगेनी, प्रजापती पराजुली, पुरुषोत्तम न्यौपाने, प्रीति आले, राजु परियार, ज्योती मगर, प्रकाश दुतराज, शान्तिश्री परियार, श्याम रानाको प्रस्तुती रहने जनाइएको छ । त्यस्तै आधुनिक तथा पपतर्फ समीक्षा अधिकारी, एलिना चौहान, रचना रिमाल तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने अध्यक्ष श्रेष्ठले जानकारी दिए । साँझको पप कन्सर्टतर्फ भने मन्त्र व्याण्ड, लाहुरे, सविन राई एण्ड द फेरोह, भिटेन, मेलिना राई, सुगम पोखरेल, जीबब, माइला, श्री ३, रक हेड्ससँगै लोकल ब्याण्डहरुको प्रस्तुती रहने उनले बताए ।
महोत्सवको अर्को आकर्षणको रुपमा हांस्यब्यंग्य प्रस्तुती, नेपाली संस्कृति झल्कने प्रस्तुती, बाल उद्यान, विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता, झांकी प्रदर्शनी लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रम रहने जनाइएको छ ।
महोत्सवमा अपाङ्ग, बृद्धबृद्धा, एकल महिला, विदेशी पर्यटक, पत्रकार, सुरक्षा निकायका सुरक्षाकर्मीहरुलाई (पोषाक अनिवार्य), वनका कर्मचारीलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ । साथै पर्यटन प्रर्वद्धन, पर्यटकीय स्थानको जानकारी दिने स्टललाई निःशुल्क स्टल उपलब्ध गराइने प्रचारप्रसार संयोजक दीनेश सुनारले वताए । त्यस्तै कृषि तथा हस्तकलाका स्टलहरुलाई विशेष छुट प्रदान गरिने उनको भनाई छ ।
बाह्रौं पोखरा महोत्सवको प्रायोजकमा हिमश्री फुड्स प्रा.लि.को उत्कृष्ट उत्पादन रारा तैयारी चाउचाउ र भिजन लिंक एजुकेशन कन्सल्टेन्सी, टिकट प्रायोजक सिटीजन फर्निचर एण्ड ट्रेडलिंक प्रालि, प्रवेश पास प्रायोजक सिद्धि अटोपार्टस एण्ड मोटरसाइकल वर्कसप, ब्रोसर प्रायोजकमा रिलायवल लाइफ इन्सुरेन्स, वान डे पास प्रायोजकमा योकोहामा जापानिज ल्याङ्ग्वेज एण्ड ट्रनिङ कन्सल्टेन्सी प्रालि, अफिसियल ड्रिङकिङ वाटरमा सोल्टी प्रोसेस पानी, हस्पिटालिटी पार्टनरमा होटल टास्क इन्टरनेश्नल अमरसिंह चोक, इन्स्योरेन्स पार्टनरमा आइ.जी.आइ प्रुडेन्सियल इन्स्योरेन्स, बैंकिङ पार्टनरमा ग्रीन डेभलपमेन्ट बैंक, अफिसियल इन्टरनेटमा वल्र्डलिंक र महोत्सवको विशेष सहयोगी संस्थामा पोखरा महानगरपालिका सहयोगी संस्थामा अमरसिंह मावि, गण्डकी प्रज्ञा प्रतिष्ठान, प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड, महोत्सवको अफिसियल मिडियामा एबिसी न्युज टेलिभिजन, फेवा टेलिभिजन, एभरेष्ट एफ एम ९३ मेघाहर्ज, आदर्श समाज राष्ट्रिय दैनिक र कोरालाखवर डटकम रहेका छभने अनलाइन टिकटिङ पार्टनरमा रेभेल रहेको महोत्सव प्रचार प्रसार संयोजक दीनेश सुनारले जानकारी दिए ।
