रेवान पोखराले स्वदेशी विदेशी, बाजागाजा सहित होली महोत्सव गर्ने

0Shares

रेष्टुरेण्ट एण्ड वार एशोसियसन नेपाल (रेवान) पोखराले होली पर्वका अवसरमा होली महोत्सव आयोजना गर्ने भएको छ । यस पटक होलीको दिन चैत्र ११ गते आइतवार होली पुर्णिमाको दिन अम्मट चौताराबाट होली खेल्न शुरु गरिने रेवान पोखराका अध्यक्ष नरेशबहादुर भट्टराईले जानकारी दिए ।

अम्मट चौतारीमा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई सहभागी गराई बाजागाजा सहित सामुहिक रुपमा होली खेल्दै गौरीघाट, वाराहीचोक हल्लनचोक, खहरेचोक सम्म पुग्ने खेल्ने कार्यक्रम रहेको भट्टराईले बताए । आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ रेवानले विगत १७ वर्ष देखि यो महोत्सवको आयोजना गर्दै आएको छ ।

होली महोत्सवलाई व्यवस्थित तथा अनुशासितब नाउन रेवान पोखराले प्रशासन कार्यालय तथा सम्वन्धित निकायहरुसँग छलफल गरिसकेको रेवान पोखराले जनाएको छ । होली पर्व मिलनको पर्व, दुःख भुल्ने, प्रेम, सद्भावका साथै पुराना शत्रुता भुली एक अर्कालाई थरि थरिको रंग लगाई मित्रता साटासाट गर्ने पर्व पनि हो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *