गण्डकी टेनिसलाई लायन्स क्लब अफ पोखरा हिमालयनको सहयोग

0Shares

लायन्स क्लब अफ पोखरा हिमालयनले गण्डकी प्रदेश टेनिस संघलाई सहयोग प्रदान गरेको छ । संघको शनिबार पोखरा रंगशालामा सम्पन्न तेश्रो वार्षिक साधारण सभामा क्लवले संघले सञ्चालन गरेको ‘ग्रो टेनिस’ कार्यक्रमका खेलाडीहरुलाई ट्रयाक सुट सेट सहयोग प्रदान गरेको हो ।

सहयोग हस्ताान्तगरण कार्यक्रममा बोल्दै लायन्स क्लब अफ पोखरा हिमालयनका अध्यक्ष इन्जिनियर पूर्ण बहादुर गुरूङले गण्डकी टेनिसले खेलकुदमार्फत समाजका विपन्न वर्गका बालबालिकालाई समाजमा आत्मनिर्भर बनाउनका लागि महत्वपूर्ण भूमिका खेलेको बताउँदै आफ्नो क्लब समेत यो महत्वपूर्ण कार्यमा जोडिन पाउँदा गर्वको अनुभुती रहेको जनाए ।

सो अवसरमा जुनियर टेनिस प्रशिक्षणमा रहेको खेलाडीहरुलाई लायन्स क्लब अफ पोखरा हिमालयनले २५ थान खेल पोशाक समेत वितरण गरेको थियो । लायन्स क्लबका सेकेण्ड भाइस डिस्ट्रिक्ट गर्भनर तेजनारायण पराजुलीले गण्डकी टेनिसले खेलकुदमार्फत सुरू गरेको समाजिक कार्यको प्रशंसा गर्दै आफ्नो तर्फबाट सहयोग रहने घोषणा समेत गरे ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *