लापर्वाही देखिएपछि पोखराका स्कुल बसमाथि निगरानी शुरु

0Shares

विद्यार्थी बोक्ने स्कुल बसका चालकहरु अन्य भन्दा बढिनै संवेदनशिल बन्न आवश्यक छ । तर पोखरामा चल्ने स्कुल बसहरु यस्तो देखिदैनन् । पोखरामा चल्ने स्कुल बसहरुले विभिन्न किसिमका लापर्वाही गरेको पाइएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले यहाँ संचालित स्कुलबसको अनुगमन थालेको छ । स्कुल बसले ओभरस्पिड, ओभरलोड लगायतका ट्राफिक नियम पालना गरेका छैनन् ।

सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पोखरा ५, जिरो किमीस्थित स्कुल बसको गति सीमित एवं सिट क्षमता सम्बन्धमा चेकजाँच गरिएको हो । बुधबार ५५ वटा स्कुलका सवारीसाधन चेकजाँचमा ३ स्कुल बसले सिट क्षमताभन्दा बढी विद्यार्थी राखेर संचालन गरेको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख भानु शर्माले बताए । उनीहरुलाई कसूर अनुसार कारबाही समेत गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *