पोखरामा ४ जिपिए ल्याउने २१ विद्यार्थी पुगे

0Shares

माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८० को नतिजामा कास्कीका २१ विद्यार्थीले ४ जिपिए ल्याएका छन् । मदरल्याण्डका १०, डिज्नील्याण्डका ३, गण्डकीका २, शान्ति निकेतन, सैनिक आवासीय मावि, सिर्जना मावि, बालोदय, न्यासनल इन्भेन्टिभ, एसओएसका १/ १ जना विद्यार्थीले ४ जिपिए ल्याएका हुन् ।
मदरल्याण्ड माविका १० जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका छन् । ४ जिपिए ल्याउनेमा कृपा बराल, रेडियस पोख्ररेल, कनक अधिकारी, अपेक्षा ढुंगाना, आशीष बस्ताकोटी, कृपा गुरुङ, इक्वीटी पौडेल, अभ्यास वाग्ले, युनिका ढकाल र समीक्षा पहारी छन् । गत वर्ष एसइईमा २ जना विद्यार्थी सुदेश आचार्य र जोन रानाले पनि ४ जिपिए ल्याएका थिए । त्यसबेला कास्कीबाट मात्र ३ जनाको ४ जिपिए आएको थियो ।

डिज्नील्याण्ड एकेडेमीका ३ छात्रालाई ४ जिपिए
पोखरा ७ मासबारमा रहेको डिज्नील्याण्ड एकेडेमीकी ३ जना विद्यार्थीले एसइई २०८० मा सर्वोत्कृष्ट ४ जिपिए ल्याउन सफल भएका छन् । उनीहरु सबै छात्रा हुन् । छात्रा स्मृति लम्साल (सिमलचौर), सृष्टि भण्डारी (मालेपाटन) र सृष्टिना पौडेल (मासबार) को ४ जिपिए ल्याएको विद्यालयका प्रिन्सिपल नरेश बरालले बताए । २०७८ सालमा डिज्नील्याण्डकी ऋतिका पोखरेलले ४ जिपिए ल्याएकी थिइन् ।

गण्डकी बोर्डिङका दुई विद्यार्थीलाई ४ जिपिए
एसइई–२०८० को नतिजामा गण्डकी बोर्डिङ स्कुलका २ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । आयुष पराजुली र ओजश्वी शर्माले ४ जिपिए ल्याएका हुन् । १२१ जना परीक्षार्थीमध्ये ३.६० देखि ४ जिपिएसम्म ल्याउने ९० जना रहेको विद्यालय शिक्षक राजकुमार ढकालले बताए ।

बालोदयकी सभ्यताको ४ जिपिए
पोखरा १७, बिरौटास्थित बालोदय माध्यमिक विद्यालयकी सभ्यता लामिछानेले एसइई २०८० मा सर्वोत्कृष्ट ४ जिपिए ल्याउन सफल भएकी छन् । बिरौटा निवासी उनी सानैदेखि सोही विद्यालयमा पढेकी मेधावी छात्रा हुन् । उनले पढाइका साथसाथै अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट हुँदै पुरस्कार जित्ने गरेको विद्यालय प्राचार्य टेकनाथ पौडेलले बताए ।यस्तै, अभिषेक लामिछाने, मन्जिल पौडेल, संकल्प ढकाल, सुविन्द्र सारु र लिलेन थापा गरी ५ जनाले जिपिए ३.९५ ल्याएका छन् ।

शान्ति निकेतनकी अदितिको ४ जिपिए
पोखराको शान्ति निकेतन स्कुलकी छात्रा अदिति पराजुलीले एसइई २०८० मा सर्वोत्कृष्ट ४ जिपिए ल्याउन सफल भएकी छन् । पोखरा ५, पस्र्याङ स्कुलकी अदिति शैक्षिक तथा विभिन्न अतिरिक्त क्रियाकलापमा समेत सानैदेखि उत्कृष्ट हुने गरेको विद्यालय शिक्षक हेम सुवेदीले बताए ।
विद्यालयका संस्थापक÷प्राचार्य डा. महेश्वर पराजुलीका अनुसार आफ्नो विद्यालयका ४० विद्यार्थीले परीक्षा दिएकोमा औषत ३.६४ आएको छ । साथै अंकिता कोइराला, प्रकृति भुषाल र शैलज अधिकारीले पनि ३.९५ जिपिए ल्याएका छन् ।

न्यासनल इन्भेन्टिभका विशालको ४ जिपिए
न्यासनल इन्भेन्टिभ स्कुल, लेकसाइडका विद्यार्थीले एसइई–२०८० को नतिजामा सर्वोत्कृष्ट ४ जिपिए ल्याउन सफल भएका छन् । विद्यार्थी विशाल खत्रीले ४ जिपिए ल्याएका हुन् । विद्यालयबाट यसपालि ४० जना परीक्षार्थी सहभागी भएकोमा सबै जना उत्तीर्ण भएको सहप्राचार्य विक्रम पौडेलले बताए ।

एसओएस गण्डकीका सचेतले ल्याए ४ जिपिए
पोखरा राजबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीका छात्र सचेत सुवेदी ४ जिपिए प्राप्त गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डद्वारा बिहीबार प्रकाशित नतिजामा सुवेदीले ४ जिपिए ल्याएको प्रधानाध्यापक चूडामणि सुवेदीले बताए ।
विद्यालयतर्फबाट यस वर्ष एसइईमा सहभागी ८८ विद्यार्थीमध्ये ४ जिपिए प्राप्त गर्ने १ र ३.९५ जिपिएभन्दा माथि प्राप्त गर्ने ६ जना विद्यार्थी रहेको सहप्रअ वीरसिंह बूढाले बताए । ५१ जना विद्यार्थीले ३.६ भन्दामाथि, १५ जना विद्यार्थीले ३.२ भन्दामाथि र त्यसमुनिका बाँकी विद्यार्थी पनि राम्रै जिपिएका साथ उत्तीर्ण भएको सहप्रअ बूढाले बताए ।

सैनिक आवासीयका २ सय विद्यार्थीमा आयुषको ४ जिपिए

पोखरा ११, फूलबारीस्थित सैनिक आवासीय माविका आयुष उपाध्यायले ४ जिपिए ल्याएका छन् । विद्यालयबाट १ सय ९८ जना सम्मिलित भएकोमा ३.६ देखि ४ जिपिएसम्म ल्याउने ९३ जना र ३.२ देखि ३.६ जिपिएसम्म ल्याउने ९१ जना छन् ।

सृजना बोडिङ स्कुलका आयुस खड्कालाई ४ जिपिए
सृजना बोडिङ स्कुलका आयुस खड्काले ४ जिपिए ल्याएका छन् । विद्यालयकाबाट ८३ जना विद्यार्थी एसईईमा सहभागी भएको थिए ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *