कास्कीका २२ संस्थागत विद्यालयका ४७ जनाले ४ जीपीए ल्याए

0Shares

पोखराका २२ संस्थागत विद्यालयका ४७ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ४ जीपीए ल्याएर उत्तिर्ण भएका छन् । शुक्रबार प्रकाशित एसईईको नतिजामा पोखराका विद्यालयहरु मध्ये सबैभन्दा धेरै मदरल्याण्ड सेकेण्डरी स्कुलका ११ जना विद्यार्थीले ४ जीपीए ल्याएर उत्तिर्ण भए । अघिल्लो वर्षपनि सो विद्यालयका १० जना विद्यार्थी ४ जीपीए ल्याएर उत्तिर्ण भएका थिए । संस्थागततर्फ दुई विद्यालयका ४/४ जना विद्यार्थी ४ जीपीए ल्याएर उत्तिर्ण भए । पोखराको शिशु निकेतन र फिस्टेल एकेडेमीका ४/४ जना विद्यार्थी ४ जीपीए ल्याएर उत्तिर्ण भएका हुन् ।

त्यस्तै, ९ विद्यालयका २/२ जना विद्यार्थी ४ जीपीए ल्याएर उत्तिर्ण भए । गण्डकी बोर्डिङ स्कुल, डायमण्ड सेकेण्डरी स्कुल, कास्की मोर्डनाईज्ड एकेडेमी, विद्या निकेतन सेकेण्डरी स्कुल, हिमालयन बोर्डिङ, शान्ति निकेतन, बड्स एजुकेसन, भाष्कर मेमोरियल र बालोदय सेकेण्डरी स्कुलका २÷२ जना विद्यार्थी ४ जीपीए ल्याएर उत्तिर्ण भएका हुन् ।

यसैगरी १० वटा विद्यालयका १/१ जना विद्यार्थी ४ जीपीए ल्याएर उत्तिर्ण भएका छन् । पोखराका प्रतिभा मावि, कुमुदिनी होम्स, सगरमाथा निकेतन, टप्स मावि, लाभिन रेसिडेन्सियल, सिर्जना सेकेण्डरी, स्नो भ्यू बोर्डिङ स्कुल, ज्योतिकुञ्ज सेकेण्डरी, रेन्वो एकेडेमी र कास्की नौ डाँडाका मडिङ स्टारका १/१ जना विद्यार्थी ४ जीपीए ल्याएर उत्तिर्ण भए ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *