माछापुच्छेमा खानेपानी टंकीको शिलान्यास

0Shares

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नंम्बर २ स्थित माछापुच्छे मा.बि. नाउँडाडामा खानेपानी टंकीको शिलान्यास गरिएको छ ।
लायन्स क्लब अफ पोखर्रााको आयोजना, लियो क्लब अफ पोखरा अन्नपूर्णको संयोजन एवं जर्मनीको म्यूनिच इन्टरनेश्नल स्कुलको सहयोगमा निमार्ण हुन लागेको खानेपानी टंकीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर केसीले बुधबार शिलान्यास गरेका हुन् ।

लियो क्लब अफ पोखरा अन्नपूर्णका अध्यक्ष कमल भण्डारीका अनुसार निमार्ण हुन लागेको टंकी १० हजार लिटर क्षमताको रहने र निमार्ण लागत दुई लाख ५० हजार देखी दुई लाख ८० हजार लाग्ने अनुमान गरिएको बताए । कुल लागत मध्ये दुई लाख लायन्स क्लब आफ अन्नपूणले र नपुग रकम माछापुच्छे मा.बि ले व्योहर्ने भण्डारीले जानकारी दिए ।

लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष एवं टंकी निमार्ण कार्यक्रमका सहजकत्र्ता सोनाम साङपोका अनुसार २२ वर्ष अघि पोखराका विद्यालयका बिद्यार्थीहरुको दिशा परीक्षणका क्रममा ७० प्रतिशत बिद्यार्थीहरुमा पानीका कारण स्वास्थ्यमा विभिन्न समस्या देखिएको थियो । त्यसपछि विभिन्न दाताहरुको सहयोगमा पानी शुद्ध बनाउनका लागि पोखराका विभिन्न विद्यालयहरुमा गरि तीन सय थान यूरो गार्ड वितरण गरिएको जानकारी उनले जानकारी दिए ।

वितरण गरिएका ती यूरो गार्डहरुले सुरुमा रामै काम गरेपनि त्तकालीन अबस्थाको लोडसेडिङको समस्या र आवश्यक मर्मत संभारको अभावका कारण दुई तीन वर्षपछि काम नगरेपछि स्वच्छ पानीको निम्ती स्थाही समाधानका लागि सन २०१७ देखि खानेपानी टंकीको निमार्ण कार्य सुरु गरेको उनले जानकारी दिए । सन २०१७ देखि हालसम्म गरि ४९ बटा सम्पन्न गरेर बिद्यालयहरुलाई हस्तान्तरण गरिसकेको र निमार्ण हुन लागेको यो ५० औ खानेपानी टंकी रहेको उनले बताए ।

लायन्स क्लब अफ पोखरा अन्नपूर्ण लायन बर्ष २०२५÷२०२६ का अध्यक्ष सुकल्याण पराजुलीका अनुसार सन २०२५÷२०२६ मा क्लबले पोखराका विभिन्न बिद्यालयहरुमा गरि आठ बटा टंकी निमार्ण गर्ने बताए । निमार्ण गर्ने आठ मध्ये यो पहिलो रहेको र अन्य सात टंकीको निमार्ण कार्य क्रमश सुरु गदै जाने जानकारी दिए । निमार्ण हुने प्रति टंकी बराबर क्लबले दुई लाख सहयोग गर्ने र त्यभन्दा बढी लागेको रकम सम्बन्धीत बिद्यालयले व्योहर्ने पराजुलीले बताए । टंकी निमार्णको लागि जर्मनीको स्कुलबाट एक टिम लिडर, एक शिक्षक र १५ जना विद्यार्थीहरु गरि १७ जनाको टोली पोखरा आएको छ । टोलीले टंकी निमार्णको लागि तीन दिन माछापुच्छे मा.बि. नाउँडाडामा गएर काम गर्ने समेत पराजुलीले जानकारी दिए ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *