पोखरा उद्योग वाणिज्य संघ अन्र्तगतको महिला उद्यमी उपसमिति संयोजक बन्दना कार्की केसीले समुन्नत समाज निर्माणका लागि महिलाहरु स्वरोजगार बन्नुपर्ने बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यमी उपसमितिको आयोजना तथा माछापुच्छे« बैंकको सहयोगमा महिलालाई सीप र बैंकिङ साक्षरता विषयक अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । माछापुच्छे« बैंककी संचालक समेत रहनुभएका कार्कीले पोखरा उद्योग वाणिज्य संघले वित्तीय साक्षरता र महिला उद्यमशीलता विकासमा थप कार्यक्रम आयोजना गर्ने पनि घोषणा गर्नुभयो ।

कार्यक्रममा माछापुच्छे« बैंक लिमिटेडकी एकीकृत जोखिम शाखा उपप्रमुख ऋचा पाण्डेले उद्यम गर्नको लागि बैंक तथा वित्तीय संस्थाबाट कर्जा महिलाहरुलाई आह्वान गर्नुभयो । माछापुच्छे« बैंककै अनुगमन इकाइ उपप्रम्ुख प्रतिभा पाण्डेले सीप भएका पनि महिलाहरु उद्यमशीलतामा जोडिनुपर्नेमा जोड दिनुभयो । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले वित्तीय साक्षरताबाट महिला अझ आत्मविश्वासी बन्ने बन्ने विश्वास व्यक्त गर्नुभयो ।
माछापुच्छे बैंककी आन्तरिक सेवा– सम्बन्ध प्रबन्धक बबिता भट्टले व्यवसाय गरेपछि विभिन्न प्रकारका कर र शुल्कहरु तिर्नुपर्नेबारे सचेत रहन महिलाहरुसँग आग्रह गर्नुभयो । पोखरा उद्योग वािणज्य संघका महासचिव बलराम आचार्यले संचालन गर्नुभएको कार्यक्रममा महिला उद्यमी रामकली खड्का,सीता गुरुङ,मुना बास्तोला, उषा तिमिल्सिनालगायतले सहुलियतपूर्ण कर्जा,कर्जा प्राप्तिका लागि आवश्यक पर्ने कागजात लगायतका विषयमा जिज्ञासा राख्नुभएको थियो ।
