योग गरेर निरोगी रहन सकिन्छ : मेयर आचार्य

0Shares

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले योगको माध्यमबाट निरोग रहन सकिने वताएका छन् ।महिला पतञ्जली योग समिति कास्कीको आयोजनामा आज देखि सुरु भएको सह–योग शिक्षक तालिमको उद्घाटन गर्दै मेयर आचार्यले आफुले पनि समय निकालेर योग गर्ने गरेको वताए ।

उनले योगले शारीरिक र मानसिक तनाव कम गराउन मद्दत गर्ने भएकाले योग कक्षा संचालनको लागि महानगरले सहयोग गर्दै आएको वताए ।१० दिन सम्म संचालन हुने उक्त तालिममा १०० भन्दा वढिले तालिम लिने अपेक्षा रहेको महिला पतञ्जली योग समिति कास्कीकी अध्यक्ष उर्मिला हिराचनले वताउँदै तालिममा प्रमुख प्रशिक्षकमा नेपाल कै पहिलो महिला साध्वी देवकृपाले प्रशिक्षण दिने वताईन् ।

कार्यक्रममा पतञ्जली योग समिति प्रदेश समितिका प्रभारी नरेन्द्रमान लालचनले योगको महत्वबारे चर्चा गर्दै सबैले योगलाई घरघरमा पु¥याउनु पर्ने धारणा राखेका थिए ।महिला पतञ्जली योग समिति कास्कीकी अध्यक्ष उर्मिला हिराचनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संगठन मन्त्री (सचिव) लक्ष्मी पुनले र पतञ्जली योग समिति प्रदेशका संरक्षक प्रदेश संरक्षक लोकदर्शन कोइरालाले सहजीकरण गरेका थिए ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *