बेनी–जोमसोम–कोरला सडकखण्ड ५ दिनका लागि पूर्णरुपमा बन्द

0Shares

बेनी–जोमसोम–कोरला सडकखण्ड पाँच दिनका लागि पूर्णरुपमा बन्द हुने भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका २ बैसरीमा पहिरो रोकथाम गर्न बेनी–जोमसोम–कोरला पाँच दिनका लागि पूर्णरुपमा बन्द गरिने भएको हो ।

सडकमा ढुङ्गा खस्ने समस्याको समाधन गर्न साउन २८ गते आइतबारदेखि साउन ३२ गते बिहीबारसम्म पाँच दिनका लागि सडकखण्ड पूर्णरुपमा बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *