भारतमा जारी युटिआर प्रो टेनिसमा अभिषेक बाँस्तोला शिर्षस्थानमा

0Shares

नेपाली टेनिस खेलाडी अभिषेक बास्तोलाले भारतको बेंगलुरुमा भइरहेको युटीआर प्रो टेनिस प्रतियोगितामा लगातार दोश्रो जित दर्ता गराएका छन् । आफ्नों दोश्रो खेलमा अभिषेकले भारतीय खेलाडी जतिन नैनलाई ६–३, ६–४ को सोझो सेटमा पराजित गरे। अघिल्लो दिन उनले भारतकै तरुण कर्रालाई पनि सोझो सेटमा हराएका थिए । अब अभिषेकले अर्को चरणमा रुसी खेलाडी अर्टेम बोगोमोलोभविरुद्ध बिहीबार खेल्नेछन् । उनी आफ्नो समूहमा शीर्ष स्थानमा रहेका छन् ।

युटीआर प्रो टेनिस टुरअन्तर्गत हुने २० हजार अमेरिकी डलर पुरस्कार राशिको यो प्रतियोगिता अभिषेकका लागि सिजनको पहिलो स्पर्धा हो । यसअघि उनले डिसेम्बरमा भियतनाममा पीटीटी फान थिएटमा प्रतिस्पर्धा गरेका थिए । यस टुरमा अभिषेकले झन्डै डेढ दर्जन प्रतियोगिता खेलिसकेका छन् ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *