आर्यषले हेट टु हेड दुई अन्तराष्ट्रिय टेनिस प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउने छन् । मार्च महिनामा उनी प्रतियोगिताका लागि भेतनाम जानेछन् । श्रीलंकाको कोलम्बमा मार्च २९ देखि अप्रिल १० तारिखसम्म हुने सर्किट एक र दुईमा सहभागिताका लागि नेपाल टेनिस संघले ब्वाईजतर्फ विश्व विशेष डल्लाकोटी र आर्यषराज पौडेल छनोट गरेको हो ।

पोखराका आर्यषराज पौडेल श्रीलंकामा हुने आइटीएफ एशिया १४ वर्ष मुनिको डेभलपमेन्ट च्याम्पियनसिप फाइनलका लागि नेपालबाट छानिएका छन् । ललितपुरस्तिथ सातदोवाटोमा भएको छनौंट स्पर्धाबाट उनी यो प्रतियोगिताका लागि छानिएका हुन् । यो संगै आर्यषले हेट टु हेड दुई अन्तराष्ट्रिय टेनिस प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउने छन् । मार्च महिनामा उनी प्रतियोगिताका लागि भेतनाम जानेछन् । उनका मेण्टर प्रदीप खड्का पनि अन्र्तराष्ट्रिय प्रतियोगितामा उनीसंगै हुनेछन् ।
श्रीलंकाको कोलम्बमा मार्च २९ देखि अप्रिल १० तारिखसम्म हुने सर्किट एक र दुईमा सहभागिताका लागि नेपाल टेनिस संघले ब्वाईजतर्फ २ र गल्र्सतर्फ २ गरि ४ खेलाडीको प्रतिस्पर्धाबाट छनौंट गरेको हो । ब्वाईजतर्फ विश्व विशेष डल्लाकोटी र आर्यषराज पौडेल छनोट भएका हुन् । गल्र्सतर्फ सारा पन्त र एरा खत्री चयन भए ।
छनौंट खेलका लागि नेपाल टेनिस संघले ब्वाईज र गल्र्सतर्फ नेपालका शिर्ष ८/८ जना खेलाडीलाई आव्हान गरेको थियो । ति खेलाडीहरुविच भएको प्रतिस्पर्धाबाट शिर्ष दुईमा रहन सफल खेलाडीहरु श्रीलंकाका लागि छानिएका हुन् । टोली प्रशिक्षकमा सन्तोष खत्री रहेका छन् । यसअघि आर्यषराजले साउथ इष्ट एशिया अन्तर्गत मलेशियामा एटीएफ यु–१४ को ‘ए’लेवल टेनिस प्रतियोगितामा भाग लिइसकेका छन् । साउन १४ देखि ३१ गते सम्म क्वालालम्पुरमा उक्त प्रतियोगिता भएको थियो ।
आर्यषले सन २०२४ मा थाइल्याण्डमा थाई प्रशिक्षक कार्लोसंग एक महिने तालिम लिएका थिए । सन् २०२४ मै उनले काठमाण्डौ, लाजिम्पाटमा तीन हप्ते अन्र्तराष्ट्रिय टेनिस प्रशिक्षण लिए । हाल नेपालका शिर्ष वरियता प्रदीप खड्काको प्रशिक्षणमा रहेका उनले त्यसअघि सिंगापुरे प्रशिक्षक अनु जोन, नेपालकै पूर्व नम्बर १ कुमार अधिकारी र पोखराका शक्ति शर्मासंग पनि प्रशिक्षण लिएका थिए ।
