जावलाखेल युथ क्लव आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा

0Shares

जावलाखेल युथ क्लव आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत बिहीबार भएको दोश्रो सेमिफाइनलमा विदेशी क्लव आभा एफसी उज्वेकिस्तानलाई १–० गोलले पराजित गर्दै उसले अन्तिम दुईमा आफ्नों स्थान सुरक्षित पारेको हो । खेलको ५२ औं मिनेटमा उज्वेकी टोलीले गरेको आत्माघाती गोलनै प्रतियोगिताको निर्णायक गोल बन्दा जावलाखेलले उपाधीका लागि आयोजक सहारासंग भिड्ने निश्चित गरेको हो ।

उज्वेकिस्तानका कुसान गानीजानोभले आत्मघाती गोल गर्दै जावलाखेललाई जित दिलाए । विपक्षी खेलाडीसमेत नभएको समयमा गानीजानोभले बल क्लियर गर्न खोज्दा बलले सिधै जाली चुम्न पुगेको थियो ।जावलाखेल ६० औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । सार्दाेबेक मातुमारोभलाई मुक्का हानेपछि युवराज ढकाल रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । त्यसपछि उज्वेकिस्तानको एकोहोरो आर्कक्रमणलाई जावलाखेलका खेलाडीहरुले पिल्लर बनेर छेकिरहे ।

प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । उपाधि बिजेताले १४ लाख १ हजार रुपैयाँ र उपविजेताले ७ लाख १ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *