कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदिको किनारमा एक जना महिलाको शव फेला परेको छ ।सेती नदिमा नै बालुवा चाल्ने काम गर्दै आएकी कुसुम भन्ने देउमाया गु?ङ सेती नदिको किनारमा मृत भेटिएकी हुन् ।
उनको शव नदि किनारमा भेटीएको प्रहरीले जानकारी दिएको छ ।बालुवा चाल्ने स्थानीय बासिन्दाले दुई ढुंगाको बिचमा घोप्टो परेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
