आज राम नवमी, पोखरा लगायत देशैभरका राम मन्दिरहरुमा भक्तजनको घुइचो

0Shares

आज राम नवमी । हरेक वर्ष चैत्र शुक्ल नवमीका दिनलाई राम नवमीका रुपमा मनाउने गरिन्छ । मर्यादा पुरुषोत्तम भगवान श्रीरामको सम्झनामा आज श्रद्धा र भक्तिपूर्वक देशभर रामनवमी पर्व मनाइँदैछ । यस अवसरमा पोखरा सहित देशैभरका राम मन्दिरहरुमा भक्तजनहरुको घुइचो लागेको छ । पोखराको पार्दी, रामघाट, विन्दवासिनी लगायतका मन्दिरहरुमा आज बिहानैदेखि भक्तालुहरु पुजाआजाका लागि पुगेका थिए ।

त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीका सुपुत्रका रुपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको शास्त्रमा वर्णन गरिएको छ । त्यसैको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान रामको पूजा आराधना गरी रातभरि भजन कीर्तन गर्ने परम्परा छ ।

आजका दिन व्रत बसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा वैकुण्ठ वास हुने धर्मग्रन्थमा उल्लेख छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *