इजरायलबाट नेपालीको उद्धार गरी विमान राति ९ बजे फर्किने

0Shares

इजरायलमा नेपाली विद्यार्थी लिन गएको जहाज बिहीबार राति सवा ९ बजे काठमाडौं आइपुग्ने भएको छ । बुधबार राति इजरायल उडेको नेपाल एयरलाइन्सको विमानले त्यहाँबाट विद्यार्थी लिएर फर्किने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

नेपाली विद्यार्थी लिन बुधबार राति परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली इजरायल गएको थियो । उक्त विमानले नेपाली समयअनुसार १०ः४६ बजे दुबईबाट इजरायलका लागि उडान भरेको छ र त्यहाँबाट नेपाली विद्यार्थी लिएर बिहीबार राति नै नेपालतर्फ आउनेछ ।

प्यालेस्टिनी लडाकु समूह हमासले गत शनिबार इजरायलमा आक्रमण गरेपछि इजरायलले पनि हमासविरुद्ध युद्ध घोषणा गरेको छ । युद्धमा परेर मृत्यु भएका १० नेपालीको शव ल्याउन भने समय लाग्ने परराष्ट्र मन्त्रालयको भनाइ छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *