कास्कीमा नारी परिषद् समिति गठन

0Shares

वैदिक धर्म परिषद् नेपाल अन्तर्गत रहेको नारी परिषद् समिति गठन भएको छ । मिरा आचार्यको अध्यक्षतामा २१ सदस्यीय नयाँ समिति गठन गरेको हो । समितिको उपाध्यक्ष शुभद्रा कोइराला र जमुना सुवेदी, सचिवमा शिवकुमारी लामिछाने, सहसचिवमा प्रभा पौडेल, कोषाध्यक्षमा विजय लक्ष्मी कोइराला चयन हुनुभएको छ । समितिको सदस्यमा तुलसी बराल, मैयाँ सिग्देल पराजुली, मिना कुवँर, मिना क्षेत्री, उमा देवी बाँस्तोला, बसन्ती कुमाल, जीवन बराल, शान्ति देवी सिग्देल, पवित्रा केसी नारायणी सुवेदी, गायत्री पराजुली, सिता बस्ताकोटी, हिरामोती ढकाल, पार्वती गौतम, माया भट्टराई रहनुभएको छ ।

समितीको सल्लाहकारमा गिरा कोइराला, सावित्रा कोइराला, दुर्गा बाँस्तोला, दुर्गा अधिकारी, मुना बाँस्तोला, कानुनी सल्लाहकारमा गिता आचार्य र सुश्मा पौडेल रहनुभएको छ । समितिले वैदिक सनातन धर्म संस्कार र संस्कृतिको विषयमा विभिन्न कार्यक्रम गर्दै युवा पुस्तालाई जागरुप गराउँदै अगाडी बढ्ने नवनिर्वाचित अध्यक्ष मिरा आचार्यले जानकारी दिनुभयो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *