लायन्स क्लब अफ पोखरा दर्पणले पोखरा १६ ओख्लेस्थित श्री ज्योती भवन आधारभुत बिद्यालयका २३ जना विद्यार्थीहरुलाई न्यानो कपडा ट्रयाक सुट र टी–सर्ट बितरण गरेको छ । आवस्यकतामा रहेकाहरुलाई सहयोग पुर्याउने उदेश्य सहित आयोजित कार्यक्रमबाट वास्तबिक रुपमा उचित बर्ग लाभान्वित भएका छन । संयोजक क्लबका द्वित्तिय उपाध्यक्ष लायन पदमलाल अधिकारीले शुभकामना मन्तव्य सहित कार्यक्रम बारे प्रकास पार्नुभएको थियो भने क्लबका सदस्यहरु तथा खुर्कोट, पोखरा १६ निवासी पवन अधिकारीको सहयोगमा उक्त न्यानो कपडा बितरण कार्यक्रम आयोजना गरिएको थियो ।

प्रमुख अतिथि, डिस्ट्रक्ट ३२५ एल नेपालका चिफ अफ एओजी लायन अमृत बरालले कार्यक्रम अत्यन्तै प्रभावकारी रहेको र लक्षित बर्गनै लाभान्वित रहेकोमा वास्तवमै लायन्सको मर्म अनुसार कार्यक्रम सफल रहेको बताउनुभयो । क्लबका अध्यक्ष लायन ई. किरण केसीको अध्यक्षतमा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा अध्यक्ष के.सी.ले सन २०१५मा स्थापित उक्त क्लबले निरन्तर सामाजिक कार्यमा सक्रिय रहँदै आवस्यकतामा रहेकालाई सहयोग गर्न क्लब अग्रसर रहेको बताउनुभयो । बिगतमा नियमित कार्यक्रमका अलावा बिभिन्न बिद्यालयहरुमा खाने पानी ट्याङ्की निर्माण समेत गरेको स्मरण गर्नुभयो । साथै यस बर्ष सामुदायिक बिद्यालयमा स्वास्थ्य सम्बन्धी बिशेष परियोजनाको शुरुवात गर्ने तयारीमा रहेको घोषणा गर्नुभयो ।
सामाजिक कार्यमा समर्पित सो क्लब प्रति उक्त बिद्यालयका प्रधानाध्यापक खेमलाल आचार्य, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हर्क बहादुर गुरुङले आफ्नो मन्तब्यको क्रममा धन्यबाद ज्ञापन गर्नुभएको थियो । क्लबका सचिव लायन अग्निधर तिमिल्सिनाले संचालन गर्नुभएको थियो ।
