पोखरामा मंगलबारदेखि कास्की छनौंट क्रिकेट प्रतियोगिता हुने भएको छ । माघको पहिलो हप्ता काठमाडौं र भैरहवामा हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका तयारीका लागि कास्की जिल्ला क्रिकेट संघले जिल्ला टोलि छनौट गर्न उक्त प्रतियोगिता गर्न लागेको हो ।
पहिलो चरणमा गरिएको खुल्ला क्याम्पबाट जिल्ला संघले यहाँका विभिन्न क्लवबाट प्रतिनिधित्व गरिसकेका ४८ खेलाडीबाट ४ टिम निर्माण गरेको छ । दुई दिने शिविरमा झण्डै ८० खेलाडी आएका थिए । पोखराका पहिचान र यहाँका तालहरुको प्रबद्र्धनका लागि छनौट भएका खेलाडीबाट रुपा, बेगनास, दिपाङ र फेवा टिम निर्माण गरिएका छन् ।
टिम रुपाको क्याप्टेनमा मुस्कान थापा, कोचमा चन्द्र कुमार गुरुङ्ग जिम्मी तथा म्यानेजरमा रमेश यादव रहेका छन् । बेगनासको क्याप्टेनमा कृष्ण पौडेल, कोचमा विजय रावत तथा म्यानेजरमा अरुण पौडेल रहेका छन् । दिपाङको क्याप्टेनमा विधान श्रेष्ठ, कोचमा रिजन प्रजु तथा म्यानेजरमा पूर्ण न्यौपाने रहेका छन् । त्यस्तै, टिम फेवाको क्याप्टेनमा अभिषेक थापा, कोचमा ऋषिकेस शर्मा पौडेल तथा म्यानेजरमा कमल थापा रहेका छन् ।
नेपाल क्रिकेट संघ र पोखरा माहानगरको सहयोग रहने छनौट प्रतियोगिताका प्लेयर अफ दि म्याच, बेस्ट बलर, बेस्ट ब्याटसम्यान र प्लेयर अफ दि टुर्नामेन्ट लाई पुरस्कृत गरिने छ । प्रतियोगिताको संयोजक संघका कार्यकारी सदस्य जय प्रकाश थापा रहेका छन भने टेक्निकल संयोजक दिपेन्द्र प्रताप चन्द, आर्थिक सयोजक बिरेन्द्र पुन, सचिवालय संयोजक बिनोद श्रेष्ठ र मेडिकल संयोजक भावना देबकोटा, प्रमुख प्रशिक्षकमा गोबिन्द प्रधान, एम्पायर संयोजकमा भोजराज बराल र मैदान संयोजक दुर्गा बहादुर चन्द रहेका छन ।
यस प्रतियोगिताबाट यहि पौषको तेस्रो साता सुरु हुने गण्डकी प्रदेश स्तरीय छनौट प्रतियोगिताका लागि १४ सदस्यीय टोलि को चयन गरिने छ । राष्ट्रिय खेलकुद परिषदको वार्षिक कार्यक्रमको रुपमा रहेको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता नेपाल क्रीकेट संघको आयोजनामा महिलाको टि–२० फर्म्याट र पुरुष को एक दिबसिय फर्म्याट बीच स्पर्धा हुने गर्दछ । पिएम कप महिलाराष्ट्रिय प्रतियोगिता गत ५ गते देखी काठमाडौंमा संचालन भै रहेको छ ।
