गण्डकी टोस्टमास्टर्स क्लबको अध्यक्षमा श्री विद्या सर्वसम्मत

0Shares

गण्डकी टोस्टमास्टर्स क्लबमा श्री विद्या रघुनन्दन कायस्त सर्वसम्मत चयन हुनुभएको छ । क्लवको पोखरामा सम्पन्न पाँचौं वार्षिक अधिवेशनले उहाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको भिपि एजुकेसनमा आदित्य आदित्यदेव प्रजु, भिपी मेम्बरसिपमा मिलन केसी, पब्लिक रिलेसनमा सम्झना पराजुली, सचिवमा रजनी बराल, कोषाध्यक्षमा सुप्रिति श्रेष्ठ तथा सर्जन आर्मसमा इन्द्रेणी शर्मा चयन हुनुभयो ।

क्लबका नयाँ पदाधिकारीहरूलाई क्लबका पूर्व अध्यक्ष वसन्त गौतमले पद तथा काम कर्तव्य बोध गराउनुभयो । निवर्तमान अध्यक्ष प्रकाश रेग्मीले नयाँ कार्य समितिलाई शुभकामना व्यक्त गर्दै आफ्नों कार्यकाल सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

क्लबका रजनी बराल टोष्टमास्टर्स अफ द इयर, इन्द्रेणी शर्मा राइजिङ्ग स्टार, बसन्त गौतम अनटोल्ड हिरो, आदित्यदेव प्रजु स्पिकर अफ द इयर तथा हुनुभयो । उहाँहरुलाई क्लबका संस्थापक अध्यक्ष प्रकाशदेव पालिखेले पुरस्कृत गर्नुभएको थियो ।
समारोहमा डक्टर उमेश सिंह यादवले औद्योगिक विकास तथा थ्री सिस्टर्स एडभेन्चर का लकी क्षेत्रीले थ्री सिस्टरले समाजमा पु¥याएको योगदानका बारेमा चर्चा गर्नुभयो । सो अवसरमा क्लवका गतिविधीमा सहयोग गर्ने सहयोगीहरुलाई सम्मान गरिएको थियो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *