गण्डकीको मुख्यमन्त्रीमा खगराज

0Shares

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त भएका छन् । नेकपा एमाले संसदीय दलका नेता अधिकारीलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । अधिकारीलाई संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

नवनियुक्त मुख्यमन्त्री अधिकारीले आईतबारनै सपथ लिएका छन् । पूर्वाह्न मुख्यमन्त्रीमा नियुक्त अधिकारीले अपराह्न ३ बजे पद तथा गोपनीयताको सपथ लिएका हुन् । उनलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको सपथ गराएका थिए ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *