गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बाँझो जमिनको सदुपयोग गर्दै गाँजा (भाङ) खेतीलाई व्यावसायिक रूपमा अघि बढाउनुपर्ने बताएका छन् । मुख्यमन्त्री पाण्डेले भाङ खेतीलाई बहुपयोगी बालीका रूपमा अघि बढाउन जोड दिए । पोखराको बर पिपल रिसोर्टमा सम्पन्न अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) गण्डकीको उद्घाटन गर्दै उनले गाँजा दुरुपयोगको सम्भावना भएकाले कडा कानुनी व्यवस्थासहित प्रदेश सरकार अघि बढेको बताए । उनले प्रदेश सरकारले घरेलु रक्सीलाई ब्रान्डिङ गर्ने दिशामा संस्थाले काम गर्नु पर्ने बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कार्यक्रममा पर्यटन प्रवद्र्धनका लागि प्रदेशस्तरमा आकर्षक गन्तव्य विकास गर्नुपर्नेमा जोड दिए । महासंघका केन्द्रिय अध्यक्ष स्वतन्त्र प्रताप शाह, बागमती प्रदेशका अध्यक्ष कृष्ण खतिवडा लगाएतले फिनेले नेपाली युवा उद्यमीलाई विश्वभर जोड्ने काम गरेको बताए । फिनेले नेपालबाट युवा उद्यमीलाई जोड्नका लागि प्रदेशहरु कमिटि विस्तारमा लागेको उनीहरुको भनाई छ ।
