टेवानको तीज सांस्कृतिक महोत्सवमा आज दोश्रो दिन, विभिन्न प्रतियोगिता तथा टक शो हुँदै

0Shares

पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजनामा मंगलबारदेखि पोखराको लेकसाइडस्थित बाराहीघाट चौरमा शुरु ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ मा आज विभिन्न प्रतियोगितात्मक कार्यक्रम तथा टक शो हुँदै छ । आज रस्साकसी, घैंटो फुटाउने, साडी दौड जस्ता रमाइला खेलकुदसँगै महिला सशक्तीकरण सम्बन्धी दुईवटा ‘टक सो’ ९संवाद कार्यक्रम० हुनेछन् । तीज गीत प्रतियोगितामा पहिलो हुने टिमले ३५ हजार, दोस्रोले २५ हजार, तेस्रोले २० हजार र सान्त्वना १० समूहले ४–४ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

महोत्सवको हिंजो गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकमार थापाले उद्घाटन गरेका थिए ।उद्घाटन समारोहमा उनले संस्कृति संरक्षणमा यस्ता महोत्सव महत्त्वपूर्ण हुने बताए । महोत्सवमा प्रदेश सांसद प्रकाश बराल, कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, पोखरा महानगरपालिका–२ का वडाध्यक्ष दिवसमान प्रधानांग, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, कलाकार हरिदेवी कोइराला, महिला सञ्जाल बैदामकी अध्यक्ष बबिता मल्लले सभ्य र अनुशासित रुपले तीज मनाउनुपर्नेमा जोड दिए ।

टेवान अध्यक्ष शोभा न्यौपाने पाण्डेले चौरमा बसेर तीज गीत गाउने परम्परा हराउँदै गएको अवस्थामा उक्त परम्पराको पुनर्जागरणका लागि पनि महोत्सव आयोजना गरिएको बताइन् । महासचिव शोभा अधिकारी पौडेलले पर्वलाई महिला सशक्तीकरणसँग जोड्नु महोत्सवको मुख्य उद्देश्य भएको बताइन् । उद्घाटनअघि हल्लनचोकबाट बाजागाजा सहित झाँकी ¥याली सुरु भएर बाराहीघाटमा आएर समारोहमा परिणत भएको थियो ।

महोत्सवमा मंगलबारदेखि तीज गीत प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा सहभागी अधिकांश महिला समूहले पर्यटनस“ग जोडेर तीज गीत प्रस्तुत गरे । पोखराको फेवा ताल संरक्षण, पर्यटकीयस्थलको प्रवद्र्धन, पर्यटनमा महिला सहभागिता, महिला सशक्तीकरण लगायत विषय प्रतियोगी समूहले गीतमार्फत उठान गरेका थिए ।

यो महोत्सवले परम्परागत वेशभूषा, सामूहिक नृत्य, लोकसंगीत र परिकारहरूको पहिचानलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने टेवानकी निवर्तमान अध्यक्ष कमला गिरीले बताइन् । उनले भनिन्, ‘सांस्कृतिक संरक्षण, स्थानीय हस्तकला, खानपान र पर्यटन प्रवद्र्धनका नयाँ ढोकाहरू खुल्नेछन् ।’ महोत्सवकै अवसरमा सेल रोटी पकाउने प्रतियोगिता पनि राखिएको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *