लायन्स क्लब अफ पोखरा तालबाराहीद्वारा पोखरा टेनिस कम्प्लेक्समा वृक्षारोपण

0Shares

लायन्स क्लब अफ पोखरा तालबाराहीले कास्की जिल्ला टेनिस संघ संगको सहकार्यमा पोखरा रंगशालाभित्रको टेनिस कम्प्लेक्समा वृक्षारोपण गरेको छ । क्लवले बिहिबार टेनिस कोर्ट वरपर फलफुलका विभिन्न ४० वटा वृक्षा रोपेको हो । डिस्ट्रिक्ट ३२५ आई नेपालका संस्थापक गवर्नर लायन राम बसेलले टेनिस कोर्ट प्रवेशद्वारमा आँपको वृक्षा रोपेर कार्यक्रमको शुरुवात गर्नुभएको थियो । सो अवसरमा उहाँले रोपिएका वृक्षाको संरक्षण गरिनुपर्नेमा जोड दिनुभयो । कास्की जिल्ला टेनिस संघका अध्यक्ष राजकुमार गुरुङले पोखराको टेनिस कोर्ट विभिन्न दृष्टीकोणबाट सुन्दर रहेको बताउँदै फलफुलका वृक्षाले अर्को आकर्षण थपेको औंल्याउनुभयो ।

लायन्स क्लब अफ पोखरा तालबाराहीका अध्यक्ष लेखनाथ पहारीको अध्यक्षतामा सम्पन्न वृक्षारोपण कार्यक्रममा गण्डकी प्रदेश टेनिस संघका कार्यबहाक अध्यक्ष लोकबहादुर गुरुङ, डिस्ट्रिक्ट ३२५ आइ नेपालका ट्रि प्लान्टेसन चिफ राजेन्द्र पौडेल, लायन्स क्लब पोखरा तालबराहीका पूर्व अध्यक्ष तथा डिस्ट्रिक्ट ३२५ आई नेपालका डिस्ट्रिक्ट काउन्सिलर लायन दिपेन्द्र राई लगायतले वृक्षारोपणको महत्वबारे प्रकास पार्नुभएको थियो ।

क्लबका संस्थापक अध्यक्ष तथा कास्की जिल्ला टेनिस संघका सचिव भीष्मराज पौडेलका अनुसार त्यहाँ आँप, एभोकाडो, अम्बा, कागती, लिच्चि लगायतका फलफुल रोपिएको हो । लायन डाक्टर विकास पहारीले सञ्चालन गर्नुभएको कार्यक्रममा लायन लिडर तथा क्लबका पदाधिकारीहरुले वृक्षारोपण गरेका थिए ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *