पेट्रोल र डिजेल मूल्य घट्यो

0Shares

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नयाँ मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्य घटाएको हो । पेट्रोलमा प्रतिलिटर १ रुपैया र डिजेलको प्रतिलिटर २ रुपैया घटेको हो । यससँगै अब नयाँ मूल्य पेट्रोलको प्रतिलिटर चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १६८.५०, सुर्खेत र दाङमा १७० र काठमाडौं, पोखरा र दिपायलमा १७१ रुपैयाँ पुगेको छ ।

त्यस्तै डिजेल र मट्टितेलमा प्रतिलिटर पहिलो वर्गमा १५५.५०, दोस्रो १५७, तेस्रो १५८ रुपैयाँ पुगेको छ । खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *