पोखरा महानगरपालिका-२४ का अध्यक्ष भरतबहादुर अधिकारीलाई जातिय विभेद गरेको आरोपमा साढे ४ महिना कैद सजाय तोकिएको छ । जिल्ला अदालत कास्कीले वडाध्यक्ष अधिकारीलाई जातिय विभेद गरेको कसुरमा ४ महिना १५ दिन कैद सजाय सुनाएको हो । वडाध्यक्ष अधिकारीविरुद्ध सोहि वडाकी वडा सदस्य मैया नेपालीले जातिय विभेद गरेको आरोप लगाउँदै जाहेरी दिएकी थिइन् ।
वडा सदस्य नेपालीले आफूमाथि वडाध्यक्ष अधिकारीले जातिय दुर्व्यवहार तथा छुवाछुत गरेको भन्दै दिएको जाहेरी उपर विहीबार जिल्ला अदालत कास्कीकी न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले ४ महिना कैद र पीडितलाई १० हजार रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको जिल्ला अदालत कास्कीका जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
