पोखरामा सोमबार कमेडी विथ महाजात्रा, हाँस्यकलाकारको बाक्लो उपस्थिति

0Shares

पोखरामा सोमबार महाकमेडी विथ महाजात्रा कार्यक्रम हुने भएको छ । चलचित्र पत्रकार संघ कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा निर्देशक विशाल भण्डारीले महाकमेडी विथ महाजात्रा फागुन २१ गते साँझ सभागृह हलमा आयोजना गरिएको जानकारी गराए । उनले पोखराका दर्शकले प्रत्यक्ष रुपमा कमेडी च्याम्पियनका कलाकारहरुसँग साक्षत्कार गर्न पाउने बताए । दर्शकहरुलाई सहर—सहरमा पुगेर हसाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

कार्यक्रममा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल, अभिनेत्री वर्षा राउत सहित कमेडी क्लब विथ च्याम्पियनका टोली दीपाश्री निरौला, सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ लगायतको प्रस्तुति रहने भण्डारीले बताए । उनले टिभीमा जोडिन नपाएका दर्शकहरुले प्रत्यक्ष रुपमा कार्यक्रम हेर्न पाउने उल्लेख गरे । यात्रालाई लिएर भण्डारी आशावादी देखिन्छन् । पत्रकार सम्मेलनमा बोल्दै दीपाश्री निरौलाले पोखराका दर्शकसँग प्रत्यक्ष रुपमा महाकमेडी विथ महाजात्रा मार्फत जोडिन पाउँदा खुशी लागेको बताइन् । उनका अनुसार कमेडी च्याम्पिएनका कारण नेपालमा नयाँ हाँस्यकलाकारहरुले अवसर पाएका छन् । पोखरामा हुने उक्त कार्यक्रमले हाँस्यकलाकारितामा फरक छाप छाड्ने उनले बताइन् ।

पोखराको कार्यक्रमका लागि सहकार्य गरिरहेको पर्यटन व्यवसायी महिला संघ (टेवान) की अध्यक्ष कमला गिरीले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने छेकोमा महाकमेडी विथ महाजात्रा कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । उनका अनुसार पोखराको कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । कार्यक्रमका लागि प्रवेश शुल्क ५ सय रुपैयाँ तोकिएको छ । खल्तीबाट समेत टिकट काट्न सकिने उनले बताइन् । पोखरा बासीका लागि महाकमेडी विथ महाजात्रा महत्वपूर्ण रहेको भनाई उनको छ । दर्शकको सहभागिता उल्लेखिय रहनेमा उनी विश्वस्त छिन् । कार्यक्रममा पोखरा महानगरपालिकाले समेत सहकार्य गरेको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *