युनाईटेड क्लव पोखराको आयोजनामा मंगलबारदेखि पोखरामा १४ औं पोखरा महोत्सव शुरु भएको छ । महोत्सवको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्दा श्रेष्ठले एक समारोहका विच उद्घाटन गर्नुभयो । सो अवसरमा मन्त्री श्रेष्ठले फागुन २१ को चुनाव निर्धारित मितिमै हुने दावी गर्नुभयो । यसका लागि दलहरु पनि तयार रहेको उहाँको भनाई छ ।

माघ ११ गतेसम्म चल्ने महोत्सवमा २ सय ५० स्टल रहेका छन् भने यस बिचमा करीब २ लाख ५० हजार दर्शक आउने अनुमान गरिएको छ । महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पु¥याउनेु, विकसित सुचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पु¥याउने, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी दिदै आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरुको बजार सहजीकरण गराउने, सवै कलाकारहरुको प्रतिभा प्रस्फुटन लगायत आकर्षण रहेका छन् ।
