ब्रेकिङ्ग बाउण्ड्रिज छात्र–छात्रा क्रिकेट प्रतियोगिता : सेमिफाइनल समिकरण पुरा

0Shares

पोखरा क्रिकेट एकेडेमीको आयोजना तथा किडासा फाउण्डेशनको मुख्य सहयोगमा पोखरामा जारी पाँचौं संस्करणको ब्रेकिङ्ग बाउण्ड्रिज अन्तर विद्यालय छात्र–छात्रा टी–२० क्रिकेट प्रतियोगितामा सेमिफाइनल समिकरण पुरा भएको छ । प्रतियोगिता अन्तर्गत छात्रतर्फ बाराही सेकेण्डरी र कम्युनिटी सेण्टर तथा अम्मरसिंह मावि र त्रिभुवन शान्ती सेकेण्डरी स्कुल सेमिफाइनलमा भिड्ने भएका छन् ।

त्यस्तै छात्रातर्फ बाराही र भद्रकाली पहिलो सेमिफाइनलमा तथा अम्मरसिंह र कालिका फाइनल प्रवेशका लागि प्रतिस्पर्धामा उत्रने छन् । प्रतियोगिता अन्तर्गत छात्रातर्फको सेमिफाइल खेल बिहीबार मालेपाटन खेल मैदानमा हुने आयोजक एकेडेमीका अध्यक्ष बविन कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार छात्र सेमिफाइनल तथा फाइनल खेल पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुनेछन् ।

दुई साता अघि शुरु प्रतियोगितामा छात्र, छात्रा दुवैतर्फ कास्कीका विभिन्न २०–२० विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगितामा कास्कीका २० विद्यालयले सहभागिता जनाएका छन् । छात्र छात्रा दुवैतर्फ विजयी विद्यालयले नगद १५÷१५ हजार सहित ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरि सहभागि विद्यालयहरुलाई क्रिकेट खेल सामग्री सहयोग प्रदान गरिने जनाइएको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *