राष्ट्रपति पौडेलको उपचार खर्च सरकारले ब्यहोर्ने

0Shares

राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा गरिएको उपचार खर्च सरकारले नै ब्यहोर्ने भएको छ । नेपालमा उपचार संभव हुँदा हुदै उपचारका लागि भारत गएको भनी आलोचना भएपछि गत बैशाख १९ गते राष्ट्रपति पौडेलले उपचार खर्च आफैं ब्यहोर्ने बताएका थिए । तर, यही असार १२ गतेको मन्त्रिपरिषद वैठकले उपचारका लागि जाँदा आउँदाको खर्चदेखि अल इण्डिया मेडिकल कलेजमा उपचारमा भएको खर्च गरी ५५ लाख दुई हजार दुई सय ७९ रुपैयाँ व्यहोर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको निर्णय अनुसार परराष्ट्र मन्त्रालयले उक्त रकम निकासाका लागि अर्थमन्त्रालयलाई लेखेको पत्र समेत सावर्जजनिक भईसकेको छ । राष्ट्रपति पौडेल गत बैशाख ६ गते श्वास प्रश्वास सम्बन्धि उपचारकालागि हवाई एम्बुलेन्सबाट भारत जानु भएको थियो ।

वैशाख १७ गते उहाँ स्वदेश फर्कनु भएको थियो । सामाजिक संजालमा पौडेलेको चर्को आलोचना भएपछि उहाँका प्रेस सल्लाहकारहरुले भारतमा भएको उपचार खर्च राष्ट्रपति पौडेले आफैंले ब्यहोर्ने भन्दै विज्ञप्ति जारी गरेका थिए । फाइल तस्बिर

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *