स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन ९लिजा० मा पोखरा महानगरपालिका र ललितपुर महानगरपालिका सर्वोत्कृष्ट बनेका छन् । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷०८१ स्थानीय तहको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा पोखरा र ललितपुर महानगरपालिकाले समान प्रतिशत प्राप्त गर्दै देशका ७ वटा महानगरहरुमध्ये सर्वोत्कृष्ट बनेका हुन् ।

पोखरा र ललितपुर महानगरपालिकाले समान ९३।५ प्रतिशत अंकभार प्राप्त गरेका छन् । पोखरा महानगरपालिकाले शासकीय प्रवन्धमा १००, संगठन तथा प्रशासनमा ८७।५, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ९०।९१, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा १००, सेवा प्रवाहमा ९०।६३, न्यायीक कार्य सम्पादनमा १००, भौतिक पूर्वाधारमा ८८।४६, सामाजिक समावेशीकरणमा १००, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ८३।३३ र सहकार्य र समन्वयमा १०० अंकभार प्राप्त गरेको छ ।
लिजामा भरतपुर महानगरपालिका र विराटनगर महानगरपालिकाले समान ८९।५ प्रतिशत अंकभार ल्याएर द्वितीय हुँदा काठमाडौं महानगरपालिकाले ८२।७५ प्रतिशत तृतीय र बिरगञ्ज महानगरपालिकाले ६८।५ प्रतिशत अंकभार ल्याएर स्वमुल्याङ्कनमा पुछारमा रहेको छ ।
यसैबीच, पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले पोखरा महानगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा देशकै सर्वोत्कृष्ट हुन सफल भएकोमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।
