एसईइ परीक्षा २०७९ को नतिजा अनुसार सामुदायिक विद्यालय तर्फ विन्ध्यबासिनी मावि पोखरा १६ बाटुलेचौर र संस्थागत तर्फ पोखरा ७ मा रहेको मदरल्याण्ड मावि कास्की जिल्ला प्रथम हुन सफल भएको छन् । ५० जना भन्दा धेरै परीक्षार्थी सहभागी भइ एसइइ मा प्राप्त औसत जिपिए नतिजा मुल्यांकनको आधारमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई उत्कृष्ट घोषणा गर्ने गरिन्छ ।
कास्की जिल्लामा रहेका सम्पुर्ण सामुदायिक विद्यालयहरुमा विन्ध्यबासिनी माविले ३ दशमल १७८ प्रतिशत जिपिए नतिजा प्राप्त गरेको आधारमा कास्की जिल्ला प्रथम भएको हो । विद्यालयबाट २०७९ को एसइइ मा ७९ जना विद्यार्थी सामेल भएका थिए ।
