इजरायलमा प्यालेस्टाइनी समूह हमासले एक्कासी आक्रमण गरेयता दुबै देशका गरेर १२ सयको मृत्यु भएको छ । प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमाथि एक्कासी आक्रमण गरेको थियो । हमासले गरेको आक्रमणमा अहिलेसम्म ७ सय इजरायलीको मृत्यु भएको छ । जसमा १० जना अध्ययनका लागि गएका नेपाली बिद्यार्थी पनि रहेका छन् ।
त्यसैगरी इजरायलले गरेको जवाफी हमलामा ५ सय जना प्यालेस्टाइनीको मृत्यु भएको जनाएका छन् । इजरायलले गाजा सीमा नजिकका धेरै ठाउँहरूमा र इजरायलमा पनि हमासका लडाकु लुकेर बसेका हुन सक्ने आशंका गरेको छ
इजरायलमा हमासको हमला : १२ सय जनाको मृत्यु
