ईन्टरनेटको तार पन्छ्याउँदा करेन्ट लागेर खेमबहादुर पौडेलको मृत्यु

0Shares

पोखरा महानगरपालिका वडा नम्बर–६ गौरीघाटमा घरको आगनमा ईन्टरनेटको तार लत्रिएको पन्छाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । गौरीघाटका खेमबहादुर पौडेल (मंगल) को आफ्नो घरको आगन भएर अन्यत्र लगिएको ईन्टरनेटको तार लत्रिएको तार पन्छाउने क्रममा करेन्ट लागेर को भएको हो । असोज १ गते दिउँसो करीब १२ः४० बजेको ईन्टरनेटको लत्रिएको तार पन्छाउने क्रममा उनलाई करेन्टले लागेको थियो ।

ईन्टरनेटको तार छुँदैमा करेन्ट लाग्दैन भन्ने सुनेका उनलाई एक्कासी करेन्टले हातमा झट्का हानेपछि आत्तिए र हत्तपत्त तार हुत्याए । तर हुत्याएको तार आफ्नो घाँटीदेखि छातीहुँदै कम्मरसम्म बेरियो । करेन्ट सहितको तारले बेरिएपछि उनी त्यहिं ढले । श्रीमानलाई करेन्ट लागेर ढलेको देखेपछि श्रीमती जानुका पौडेल चिच्याईन् । केहिबेर हारगुहार भएपछि उद्धार गरेर उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो । करेन्टले घाँटीदेखि छातीहुँदै कम्मरसम्म र हातपनि जलेको अवस्थामा अस्पताल पु¥याइएका उनलाई आईसियूमा राखेर उपचार गरिएको थियो । उनको उपचार कै क्रममा नवौं दिनको दिन मृत्यु भएको हो ।

घटनालगत्तै पीडित परिवारले कास्की प्रहरीलाई जानकारी गरायो । प्रहरीले लत्रिएको नाङ्गो तारसहित घटनाको मुचुल्का बनायो । पीडित परिवारले दोषीमाथि कारवाही गर्न माग गर्दै प्रहरीमा शुरुमा ठाडो निवेदन र त्यसपछि ईन्टरनेट सेवा प्रदायक कम्पनी र नेपाल विद्युत प्राधिकरणबिरुद्ध किटानी जाहेरी दिएको छ । तर प्रहरीले मुचुल्का तयार पार्नुबाहेक थप कारवाही प्रक्रिया अगाडि नबढाएको पीडित परिवारको गुनासो छ ।

ज्यानमारा तार हटाउन पटक/पटक आग्रह गर्दापनि ईन्टरनेट सेवा प्रदायक कम्पनीले बेवास्ता गरेको आरोप भीमसेन भुजेलको छ । यसैबीच, दुई दर्जन संघसंस्थाहरुले शनिबार संयुक्त विज्ञप्ती जारी गर्दै दोषि ईन्टरनेट केवल कम्पनीलाई कारवाही र पीडितलाई क्षतिपुर्ती दिन माग गरेका छन् ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *