‘राजा आउ देश बचाउ’ भन्दै सडकमा उत्रिएका राजावादी समुहले आज काठमाण्डौमा विध्वंस मच्चाएका छन् । दिनभरको प्रदर्शनमा उनीहरुले दर्जनौं सरकारी कार्यालयहरुमा तोडफोड, आगजनी गरेपछि आज काठमाण्डौको स्थिति अत्यन्तै तनावग्रस्थ बनेको छ । यस्तो स्थिती सिर्जना भएसंगै काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यू आदेश जारी गरेको हो । आजै राति १० बजेसम्म कर्फ्यू आदेश जारी भएको प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यू आदेश जारी गरेको हो । आजै राति १० बजेसम्म कर्फ्यू आदेश जारी भएको प्रशासनले जनाएको छ । नेपाली सेनाको टोली काठमाडौंको सडकमा निस्किएको छ । जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएसँगै सेनाको टोली सडकमा निस्किएको हो । बालकुमारी क्षेत्रमा राजदल गणबाट सहसेनानी सन्दीप गुरुङको कमाण्डमा टोली खटिएको छ ।
