मधेश प्रदेशमा नयाँ सरकार गठनको आव्हान

0Shares

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ ।जनता समाजवादी पार्टी नेपालका मुख्यमन्त्री सरोज कुमार यादवको सरकार ढलेपछि मुख्यमन्त्रीको लागि आव्हान गरिएको हो । प्रदेश प्रमुख सुमित्रा भण्डारीले बहुमतको सरकार गठन गर्न आह्वान गर्नुभएको हो ।

प्रदेश प्रमुखको आह्वान अनुसार अब केन्द्रिय सत्ता गठबन्धनले जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्नेछ । प्रदेश प्रमुखको कार्यालयका अनुसार संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम दलहरुले बहुमत जुटाएर आफ्नो दाबी पेश गर्नुपर्नेछ । सत्ता गठबन्धनमा भएको परिवर्तन र जसपा नेपाल विभाजित भएका कारण मधेशमा नयाँ सरकार गठनको वातावरण बनेको हो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *