रास्वपाको स्थापना दिवसमा साताब्यापी कार्यक्रम

0Shares

राष्ट्रिय स्वतन्त्र पार्टीले आफनो दोस्रो स्थापना दिवसका अवसरमा साताब्यापी कार्यक्रम गरेर मनाउने भएको छ । असार १ गते देखी ७ गतेसम्म विविध कार्यक्रमका साथ वार्षिकोत्सवका रुपमा स्थापना दिवस मनाउन लागिएको गण्डकी प्रदेश प्रवक्ता विकास भुर्तेलले जानकारी दिएका छन् ।

स्थापना दिवसको अवसरमा गण्डकी प्रदेश भित्र रहेका जिल्लाहरूमा हालसालै निमार्ण सम्पन्न भएका तथा निर्माणधिन भौतिक पूर्वाधारका योजनाको अनुगमन, रक्तदान, बृक्षारोपण, सरसफाई, शुभकामना आदानप्रदान, चियापान तथा अन्य विविध कार्यक्रम आयोजना गर्ने लागिएको वताईएको हो ।

यसै अवसरमा कास्की जिल्लाले असार १ गते निर्माणाधीन मध्यपहाडी राजमार्गको स्थलगत निरीक्षण गरिसकेको छ भने असार ५ गते चिप्लेढुङ्गाको मानव अधिकार चोकमा रक्तदान, असार ६ गते पोखराका विभिन्न ठाउँमा सरसफाई तथा बृक्षारोपण र असार ७ गते गण्डकी प्रदेश कार्यालय, पोखरामा चियापान तथा शुभकामना आदन प्रदान कार्यक्रम आयोजना गर्न लागिएको कास्की जिल्ला संयोजक योगराज पौडेलले जानकारी दिए ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *