क्रसफायर मोटरसाईकल चोर्दै गर्दा मगर पक्राउ

0Shares

पोखरा महानगरपालिका वडा नं.१० ईन्द्रचोकबाट क्रसफायर मोटरसाईकल चोर्दै गर्दा विशाल मगरलाई प्रहरीले पक्राउ गरेको छ । ग २२ प ९५१० नम्बरको क्रसफायर बाइक बन्दिपुर गा.पा. वडा नं. २ देप्चेटोल बस्ने वर्ष २० मगरले पार्किङ गरी राखेको ठाउँबाट डोहोर्याउँदै परसम्म पुर्याएका थिए । उनलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो । मगरलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा दिन सात (७) म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *